गण्डकी अटोमेकानिकल्स एशोसिएसनको क्यालेण्डर विमोचन

पोखरा ।  गण्डकी अटोमेकानिकल्स एशोसिएसनले नयाँ वर्ष २०८० को क्यालेण्डर विमोचन गरेको छ । सो क्यालेण्डर विमोचन गर्दै पोखरा महानगरपालिका वडा नं। १६ का अध्यक्ष तथा यातायात व्यवस्था संयोजक अमृत शर्माले महानगरलाई राम्रो बनाउन र यातायातसँग सम्बन्धित व्यवसायीलाई व्यवस्थापन गर्न अटो ल्याण्डको आवश्यकतालाई महानगरले सहयोग गर्ने बताए ।

कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्रा.डा. रविन्द्र प्रसाद श्रेष्ठले एशोसिएसनमा आवद्ध सदस्यहरुका लागी स्वास्थ्य छुट कार्डको शुभारम्भ गरेका थिए । एशोसिएसनका अध्यक्ष सन्तोष कुमार मिश्रको सभापतित्वमा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ५ का पूर्व अध्यक्ष धनबहादुर नेपाली, अटो व्यवसायी महासंघका उपाध्यक्ष कुलबहादुर नेपाली, संस्थाका प्रेस सल्लाहकार कृष्णबहादुर थापा, वरिष्ठ उपाध्यक्ष योगेन्द्रराज भण्डारी, महासचिव विष्णुप्रसाद सुवेदी, क्यालेण्डर प्रकाशनका संयोजक नवराज सुनार लगायतले संस्थागत भनाई राखेका थिए ।

२०५२ सालदेखि अटोसँग सम्बन्धित व्यवसायी, मेकान्सिहरुलाई संगठित रुपमा ल्याई विविध सामाजिक कार्यहरु गर्दै आएको, विगत १० वर्षदेखी व्यवस्थित अटो ल्याण्ड निर्माणका लागि सम्बन्धित निकायहरुसँग माग गर्दै आएको छ ।

jutta mela

You might also like

Comments are closed.