साखः ग्रुपले भित्र्यायो जापानी प्रविधिमा आधारित रिकिशी कम्पोष्ट मल

काठमाडौं । साखः ग्रुपले जापानी प्रविधिमा आधारित रिकिशी कम्पोष्ट मल नेपालमा भित्र्याएको छ ।

साखः ग्रुप अन्तर्गत रहेको दुधौली नगरपालिकास्थित रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एन्ड एग्रो प्रालिले रिकिशी कम्पोष्ट प्रालिको सहकार्यमा रिकिशी ब्रान्ड कम्पोष्ट मल (दुर्गन्धरहित) बजारमा ल्याएको हो ।

सिएनबिएन कम्पोष्ट मल वातावरणमैत्री भएको क्योटो युनिभर्सिटी जापानबाट प्रमाणित भएको छ । माटोको उर्वराशक्ति जोगाउँदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न तथा नेपालीको स्वास्थमा पनि सुधार गर्न कम्पोष्ट मल उपयुक्त विकल्पको रूपमा रहेको जनाइएको छ ।

कम्पोष्ट मल रासायनिक मलभन्दा धेरै सस्तो छ । किसानलाई सर्वसुलभ उपलब्ध हुने भएको र लागतको हिसाबले पनि यो एक आकर्षक विकल्प भएको बताइएको छ । दुधौली नगरपालिका स्थित रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एन्ड एग्रो प्रालि साखः ग्रुपअन्तर्गतको भगिनी कम्पनी हो ।

विगत ४५ वर्षदेखि व्यवसाय गर्दै आएको नेपालको उद्योग क्षेत्रमा निरन्तर सक्रिय साखः ग्रुपले फलामे डन्डी, नन फिरस मेटललगायतको क्षेत्रमा लगानी गरेको छ । कृषि क्षेत्रमा मलखाद उत्पादनमा हालै मात्र प्रवेश गरेको हो ।

You might also like

Comments are closed.