धनगढीमा मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता

सुदूरपश्चिम । कैलालीको धनगढीमा प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे । कैलालीको फेन्सिङ सङ्घले आयोजना गरेको उक्त प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुने छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका लागि जलेन्द्र शाहीले स्वर्ण पदक प्राप्त गरेका थिए । कैलाली फेन्सिङ सङ्घका अध्यक्षसमेत रहेका शाहीको सक्रियतामा धनगढीलाई फेन्सिङको हव बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहीले बताए ।

युरोपबाट भित्रिएको उक्त खेलमा शाही विभिन्न देशमा भएका प्रतियोगितामा सहभागी भइसकेका छन् । उनका अनुसार २० वर्षमुनिको खेल इपी र सेवर विद्यामा खेलाइने छ । दुवै विद्याका खेलमा महिला र पुरुषबीच अलगअलग प्रतियोगिता हुनेछ ।

jutta mela

इपी खेलमा शरीरभरि जुनसुकै भागमा ७ दशमलव ५ ग्रामको भार पुगेपछि अङ्क पाउने नियम छ भने सेवरमा कम्मरमाथि छोइएमा नम्बर दिने गरिन्छ । दुवै खेलको समयावधि तीन मिनेटको हुनेछ । खेलाडीले तीन मिनेटमा पाँच अङ्क पाउनका लागि खेल्ने गर्छन् । प्रतियोगितामा पहिलो हुनेले रू १५ हजार, दोस्रोले रू १० हजार र तेस्रोले रू पाँच हजार पुरस्कार पाउनेछन् ।

धनगढी रङ्गशालामा जारी प्रतियोगितामा सशस्त्र प्रहरी बल, कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका ७६ खेलाडी सहभागी भएका छन् । रासस

You might also like

Comments are closed.