मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर बाँडफाँड

काठमाडौं ।  मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडकोे सर्वसाधारणमा निष्काशीत प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त शेयर बाँडफाँट भएको हो ।

प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक भई २०७९ चैत १९ देखि चैत २२ गते सम्म सार्वजनिक रुपमा निष्काशन खुला गरिएको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सर्वसाधारणको लागि निष्काशीत १३,३७,३०२ कित्ता शेयरको लागि माग भन्दा अधिक शेयरको लागि आवेदन प्राप्त भएकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ । उक्त बाँडफाँडमा रितपुर्वक प्राप्त भएका आवेदकहरु मध्ये जम्मा १२,८१,४०२ जना रितपुर्वक प्राप्त भएका आवेदकहरु मध्ये १,३३,७३० जनालाई १० कित्ता को दरले र २ जनालाई थप १ कित्ता गरी जम्मा १३,३७,३०२ कित्ता शेयर बाँडफाँड सम्पन्न भएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा सिडिएससिको वेवसाइट बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।
हाल मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रबद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत मिति २०७९/०१/२८ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मे.गा. क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

You might also like

Comments are closed.