काठमाडौं । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले एक साताकालागि विभिन्न सेवामा ३० प्रतिशत छुट दिएको छ । अस्पतालले आफ्नो ३० औं वार्षिकोत्सवको अवसर पारेर विभिनन सेवामा छुटहरु दिने भएकाे हाे ।
बिहीबार अस्पतालले गरेको पत्रकार सम्मेलनमा नर्भिकको व्यवस्थापनले ३० औं वार्षिकोत्सवको अवसरमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि वैशाख ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुट दिने जानकारी दिएको छ ।
यसैगरी अस्पतालले, लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आईभिएफ (फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट, म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुटको घोषणा गरेको छ ।
यस्तै , पत्रकार परिवारका लागि विशेष हेल्थ प्याकेज निकट भविष्यमै ल्याइने अस्पतालले सो पत्रकार सम्मेलनमा जानकारी दिएको छ । वैशाख महिनामा ४ वटा स्वास्थ्य शिविर आयोजना गरिने पनि अस्पतालले बताएको छ ।
नर्भिक उच्च प्रविधि प्रयोगशाला सेवाहरुसहित एनएबीएल मान्यताप्राप्त तथा आइएसओ ९००१-२०१५ मापदण्ड पूरागर्ने नेपालको पहिलो यस अस्पतालमा स्तरीय इन्भेसिभ कार्डियाक सुविधा उपलब्ध छन् ।
क्याथेटराइजेशन ल्याव स्थापना गर्ने देशकै पहिलो निजी क्षेत्रको नर्भिक अस्पताल अहिले देशकै एक उत्कृष्ट क्रिटिकल केयर अस्पतालको रुपमा स्थापित भएको छ ।
Comments are closed.