भृकुटी मण्डपमा जुत्ता छान्दै प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले स्वदेशी जुत्ता चप्पल मेलाको अवलोकन गरेका छन् ।

बिहीबार काठमाडौंको भृकुटी मण्डपमा जारी जुत्ता चप्पल मेलाको उनले अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले व्यवसायीहरुका समस्या र गुनासा सुनेका थिए । व्यवसायीहरुले उक्त क्षेत्रमा रहेका सम्भावना, चुनौतिहरु उनलाई सुनाएका थिए । वास्तविक व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतमा ऋण प्रदान नगरेको व्यवसायहरुको गुनासो थियो ।

व्यवसायीहरुको समस्या समाधानका लागि सक्दो पहल कदमी चाल्ने उनले बताएका छन् । उक्त क्षेत्रका व्यवसायीहरुको समस्या आफूले सरकार र पार्टीमा पनि गम्भीर छलफल गर्ने र स्वदेशी जुत्ता चप्पलको उत्पादन र प्रयोगलाई प्रोत्साहन र सहजीकरण गर्ने उनले वचन दिए ।

 

You might also like

Comments are closed.