काठमाडौं । नेपालको बोल्ड र अर्बन कपडाको ब्राण्ड ऐक्यम् ले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सबै स्ट्रिटवेर, फेसनवेयरमा ४० प्रतिशत सम्मको छुट दिने भएको छ ।
ब्रान्डले फेसन उत्साहीहरू बीच लोकप्रियता हासिल गर्नुका साथै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको
छ । आफ्नो अद्वितीय डिजाईन र उच्च गुणस्तरको सामाग्रीहरुको प्रयोग गरि उत्पादन गरिएको हुडि, जग्गर्स
हाल बजरमा उपलब्ध हुनुका साथै समर क्लोदिङ्गको कलेक्सन पनि छिट्टै आउन लागेको कम्पनिले जनाएको छ ।
आफ्नो पछिल्लो संग्रह प्रदर्शन गर्न, ऐक्यम्ले चैत ३० गते पोखराको लेकसाइडमा आयोजना हुने पोखरा
स्ट्रीट फेस्टमा स्टल राखेकाे थियो । स्ट्रीट फेस्ट नेपालमा एक लोकप्रिय कार्यक्रम हो, जसले देशभरबाट
आगन्तुकहरूलाई आकर्षित गर्दछ । आगन्तुकहरूले ऐक्यम् द्वारा विशेष रूपमा प्रदान गरिएका छुटहरू प्राप्त
गर्न सक्छन् ।
यसबाहेक, ऐक्यम्ले फेसन प्रेमीहरूका लागि ब्रान्डको पछिल्लो संग्रह लाई नजिकबाट र भौतिक रूपमा हेर्नको लागि २०८० बैशाख १ गते पोखराको लेकसाइडमा उद्घाटन कार्यक्रम आयोजना गरेको थियो ।
नेपाली फेसन उद्योगमा एक धेरै परिचित व्यक्तित्व साथै ऐक्यम्का क्रियेटिभ मेनेजर पराक्रम राणा भन्छन् ।
“हामी हाम्रो नयाँ र उत्कृष्ट स्ट्रीटवेयर फेसन नेपालमा ल्याउन पाउँदा हर्षित छौं । पोखरा स्ट्रीट फेस्टमा हाम्रो
उपस्थिति र हाम्रो आगामी कार्यक्रमले सबैलाई ऐक्यम्को कपडाहरुको प्रत्यक्ष अनुभव गर्ने मौका दिनेछ ।”
ऐक्यम्को स्ट्रीटवेयर फेसन कपडा र आगामी कार्यक्रमहरू बारे थप जान्नको लागि, aikyam.com.np मा हेर्न
सक्नुहुनेछ साथै ऐक्यम्लाई फेसबुक र इन्स्टाग्राममा (aikyam.np) पनि फलो गरि थप जानकारि लिन मिल्ने जनाइएको छ ।
Comments are closed.