वुमन रेसिङ च्याम्पियनसिप २०२३ सम्पन्न

काठमाडौं । वुमन रेसिङ च्याम्पियनसिप २०२३ सम्पन्न भएको छ । 100 Girls In Motorcycling कार्यक्रम अन्तर्गतको साहसिक रेसिङ वुमन रेसिङ च्याम्पियनसिप २०२३ शनिबार सम्पन्न भएको हो ।

हिमालयन मोटरल्याण्ड, धुलिखेलमा सम्पन्न सो रेसिङमा नवाङ्ग मोक्तान प्रथम स्थान हासिल गर्दै विजयी प्रापत गरिन् भने प्रतियोगितामा गङगा श्रेष्ठले दोश्रो र रोश्नी भण्डारीले तेश्रो स्थान हासिल गरिन् ।

मोटरल्याण्ड भित्रको ट्रयाकमा आयोजना गरिएको सो प्रतियोगितामा १८ प्रतिस्पर्धीले भाग लिएका थिए । स्किल तथा स्पिड बेसको आधारमा विश्व भरि लोकप्रिय मोटो जिमखाना च्याम्पियनसिप पनि सो अवसरमा आयोजना भएको थियो, जसमा गङगा श्रेष्ठ प्रथम, शिवा सिंह ठकुरी दोश्रो र सुमी न्यौपाने तेस्रो भएकी थिइन् भने बेस्ट पर्फमरको उपाधि जयन्ती सुनुवारले हात पारिन् ।

jutta mela

धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु र अन्तर्राष्टिय अटोमोबाइल फेडेरेशनका सदस्य गोविन्द भट्टराईले सुरुवात गरेको सो रेस इभेन्टमा विजयहरुलाई राखेप बोर्ड सदस्य अन्जन धमला, नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

नासा नेपालका तालिम प्राप्त मार्सलहरुले व्यवस्थापन गरेका सो कार्यक्रममा इन्टरनेसनल स्कुल्स स्पोट्र्स फेडरेसनका राजकुमार कार्की र वुइमा नेपालकी प्रतिनिधी सञ्जु बज्राचचार्य, यामाहा नेपालका मार्केटिङ हेड यम गुरुङ र नासा नेपालका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

यामाहा नेपालको मूख्य प्रायोजन रहेको सो प्रहियोगिता भीआर ४६ नेपाल मोटर स्पोट्र्स प्रालिले आयोजना गरेको थियो । विजयहरुलाई शिल्ड र सर्टिफिकेट तथा नगद पुरस्कार प्रदान गरिएको नासा नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

You might also like

Comments are closed.