किशोरीहरुसँग मन्त्री गुरुङ्गको संवाद

पोखरा । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट पोखरा आएका किशोरीहरुसँग प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ्गको संवाद कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारले बालबालिका, महिला र ज्येष्ठ नागरिकहरुको हीतका लागि विभिन्न कार्य गरेको उल्लेख गर्दै सो कार्यक्रममा मन्त्री गुरुङ्गले बालिकाहरुको शारिरिक तथा मानसिक स्वास्थ्यको विकासका लागि सरकारले योजना बनाइरहेको जानकारी दिए ।
नवलपुरको जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रमका ४० जना किशोरीहरुले आफुहरुले काम गर्दा आएका विभिन्न विषयहरुलाई प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनको लागि पोखरा आएका हुन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री गुरुङ्गले किशोरीहरुको मागको कार्यान्वयनमा आफु पदमा रहे पनि नरहे पनि लडिरहने बताए ।

किशोरीहरुले कार्यक्रममा मन्त्री गुरुङ्गलाई २५ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् । ध्यानाकर्षण पत्रमा विशेषगरी बालिकाह?को लागि आवश्यक पर्ने सुरक्षा, पोषण, शिक्षा, सहभागिता, स्वास्थ्य लगायतका विषयह?को बारेमा स्वयम् किशोरीहरुले नै तयार गरेर हस्तान्तरण गरिएको किशोरी अभियन्ता दृष्टी गिरीले बताइन् । किशोरीहरुले सोमबार मुख्यमन्त्री खगराज अधिकारीलाई पनि ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।

ध्यानाकर्षण पत्रमा बालमैत्री, किशोरीमैत्री, अपाङ्गतामैत्री पूर्वाधारहरु र संरचनाहरुको निर्माण गरिनुपर्ने, प्रदेश तहमा बन्ने हरेक समितिह?मा बालिकाको मुद्दा हेर्ने विशेष उपसमिति बनाउनुपर्ने, विद्यालयह?मा सेनिटरी प्याडको गुणस्तर र विसर्जन जस्ता विषयहरु समावेश गरिएको किशोरी अभियन्ता इच्छा गुरुङ्गले जानकारी दिइन् ।

संवाद कार्यक्रममा बोल्दै शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक अम्बिका प्रसाद आचार्यले विगतका दिनह?मा भन्दा आज देशमा शिक्षा, स्वास्थ्य तथा पोषणका क्षेत्रमा नेपालले प्रगति गरिरहेकोमा सन्तोष व्यक्त गर्नुभयो । श्रोत अभाव र सरकारको प्राथमिकताको कारण सोचे जस्तो उपलब्धीहरु भने हासिल हुन नसकेकोमा निर्देशक आचार्यले दुःख व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले किशोरीहरुको मागलाई प्रदेशका मन्त्रालयहरु सँग समन्वय गरी प्रयास गर्ने प्रतिवद्धता राखे । त्यसै गरी पत्रकार प्रतिक्षा काफ्लेले नवलपुरका किशोरीहरुको सक्रियता लोभलाग्दो रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा किशोरी अभियन्ताहरु सवनम सुनार, शशी क्षेत्री, मानुषी न्यौपाने, सविना पाण्डे र रेजिना घर्ति मगरले कार्यक्रममा किशोरीका सवालाहरुलाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष तिलोत्तम पौडेल र सभापतित्व किशोरी अभियान्ता निर्जला बोटेले गरेकी थिइन् ।

You might also like

Comments are closed.