नेपाल रेमिट र सहारा नेपालबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याइरहेकोे नेपाल रेमिट इन्टरनेशनल प्रालि र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था ‘साकोस’का बिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिटमार्फत पठाएको रेमिट्यान्स सहारा नेपाल ‘साकोस’का पूर्वी नेपालमा रहेका ८० भन्दा बढी शाखाबाट सहजै भुक्तानी लिन सकिने बताइएकाे छ ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका डिजिएम देवबहादुर थापा र सहाराको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले हस्ताक्षर गरेका छन् ।

विगत १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालिले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

विशेष गरी डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइममा नै बैंक डिपोजिट हुने व्यवस्था मिलाएको छ भने देशभर रहेका १५ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै रेमिट्यान्स् भुक्तानी लिन सकिन्छ ।

lcci
You might also like

Comments are closed.