पोखरा औद्योगिक क्षेत्र उद्योग संघले बनायो अक्सिजन सहितको आइसोलेसन

पोखरा । पोखरा औद्योगिक क्षेत्र उद्योग संघले पोखरा औधोगीक क्षेत्र भित्र आइसोलेसन सेन्टर तयार गरेको छ । पोखरा औधोगीक क्षेत्र व्यवस्थापन कार्यलयले उपलब्ध गराएको वन्द उद्योग तारा मिनरलमा १० जना क्षमता र शिशु स्यहारकेन्द्रमा ६ जना क्षमताको अक्सिजन सहतिको आइसोलेसन तयार गरेको छ ।

आइसोलेसन सेन्टर औद्योगीक क्षेत्र भित्रका मजदुर व्यवस्थापन कार्यलयका कर्मचारी तथा उद्योगी लाई कोरना भएको खण्डमा राख्नको लागी तयार गरिएको हो । उक्त  आइसोलेसन  सेन्टरमा हाल ३ जना कोरोना संक्रमित रहेको उद्योग संघका सचिव ई सुरेन्द्र वहादुर गेदारले जानकारी दिए ।

आइसोलेसनमा आवश्यक अक्सिजन सिलिण्डर र मेडिकल इक्युपमेन्ट उद्योग संघले उपलब्ध गराएको छ भने बेड शुजल डेरीका अध्यक्ष वरिष्ठ उद्योगयती तथा संघका वरिष्ठ सल्लाहकार गणेश बहादुर श्रेष्ठ र गोसेली प्याकेजीङगका अध्यक्ष वरिष्ठ उद्योगपति तथा संघका वरिष्ठ सल्लाहकार शुसिल कुमार गोसेलीले उपलब्ध गराएका हुन् । उक्त अइसोलेसन सेन्टर संघका प्रथम उपाध्यक्ष रुद्र लाल श्रेष्ठको संयोजकत्वमा तयार गरिएको हो ।

 

You might also like

Comments are closed.