काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले रु.१०००/- अंकित दरका १० बर्ष अवधिको बार्षिक १० प्रतिशत ब्याजदर रहेको ४० लाख ४० हजार कित्ता बराबरको रु.४ अर्व ४ करोड रकमको ऋणपत्र निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।






Comments are closed.