एण्टिजेन किट खरिद गर्न दक्षिण कोरियाबाट सहयोग

 

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका युवाहरुले गाउँपालिकाभित्रका नागरिकमा कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि रु। एक लाख ५० हजार रकम सङ्कलन गरेका छन् ।

गाउँपालिकाभित्र समुदायस्तरमा सङ्क्रमण बढ्दै गएको अवस्थामा समुदायस्तरमा परीक्षणको दायरा बढाउन किट खरिदमा गाउँपालिकालाई सहयोग पु¥याउन उनीहरुले रकम सङ्कलन गरी पठाएका हुन् । सङ्कलित रकम केही समयअघि मात्रै दक्षिण कोरियाबाट फर्कनुभएका हिलिहाङ–५ का डम्बर सुहाङले आज प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनको उपस्थितिमा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका छन् ।

समुदायस्तरमा सङ्क्रमण फैलँदै गएको अवस्थामा किट खरिद गरी चाँडो परीक्षण गरी महामारी नियन्त्रण गर्न सङ्कलित रकमले सहयोग पुग्ने उनीहरुको विश्वास छ ।

You might also like

Comments are closed.