अन्तर मेडिकल कलेजस्तरीय क्वीजमा मणिपाल प्रथम

काठमाडौं । फिजीसीयनस फर सोसियल रेस्पोन्सबिलीटी नेपाल (पि यस् आर एन), इन्टिच्युट अफ मेडिसिन (आइओएम) को आयोजनामा नेशनल फर्माकोलोजी क्विज २०२३ सिजन २ सम्पन्न भएको छ ।

प्रतियोगितामा पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजले प्रथम स्थान हासिल गरेको छ । अन्तर मेडिकल कलेजस्तरीय उक्त फार्मेसी क्वीजमा २० वटा मेडिकल कलेजबाट ४० वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।

मणिपाल मेडिकल कलेजका २०१७ ब्याजका बिद्यार्थीहरु आलोक यादब, सौगात पोखरेल र सन्जिब बास्तोलाको टिम प्रथम हुन सफल भइ नगद पुरस्कार सहित प्रमाण पत्र र ट्रफी जित्न सफल भएका छ। उक्त अन्तर मेडिकल कलेजस्तरीय क्वीजमा मणिपाल प्रथम प्रतियोगिता आइओएम, महाराजगंजमा गत शुक्रबार सम्पन्न भएको थियो ।

jutta mela

You might also like

Comments are closed.