चितवन । जिल्ला प्रशासन कार्यालयले आफूखुशी अर्थ सङ्कलन नगर्न सूचित गरेको छ । कार्यालयले आइतबार एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा सहयोग गर्ने नाउँमा आफूखुशी आर्थिक सङ्कलन नगर्न भनेको हो ।
कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, “कतिपय सङ्घसंस्थाले आफूखुशी कोष स्थापना गरी आर्थिक सङ्कलन गरेको गुनासो प्राप्त हुन आएकाले कोभिड–१९ को रोकथाम एवं नियन्त्रणका लागि कसैले स्वेच्छिक रुपमा रकम जम्मा गर्न चाहेमा एकद्वार प्रणालीमा रही गर्नु ।”
सूचनामा एकद्वार प्रणालीअन्तर्गत रही वाणिज्य बैंक सिंहदरबार परिसर शाखामा रहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं १९६०००००११०१ मा रकम जम्मा गर्न सकिने उल्लेख छ । सूचनामा जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर र अस्पताल भर्ना हुने दरसमेत अत्याधिक बढिरहेको स्मरण गराइएको छ ।





Comments are closed.