ग्लोबल इक्विटी फण्ड र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपाल परियोजनाबीच सहकार्य

काठमाडौं । ग्लोबल इक्विटी फण्ड र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपाल परियोजनाबीच सहकार्य गर्ने सम्झौता भएको छ । ग्लोबल इक्विटी फण्डका प्रवन्ध निर्देशक डा. मनिष थापा र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालकी प्रमुख एग्नेस लुजले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सन् २०२३ जुनदेखि २०२६ अक्टोबरसम्म सम्झौताको अवधि रहने प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

लघु, साना तथा मझौला उद्योगमा वैकल्पिक लगानीका (प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष) स्रोतमा पहुँचको सुनिश्चिता गर्ने र त्यस्ता व्यवसायलाई प्रवर्द्धन, विस्तार र पहुँच बढाउन सहकार्य भएको जनाइएको छ । नेपालमा लुघ, साना तथा मझौला उद्योगले ९० प्रतिशत हिस्सा ओगटेको डा. थापा बताउँछन् । यी उद्योगले उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन सफल रहेपनि वित्तीय पहुँचमा चुनौति देखिएको उनको भनाइ छ । ‘महिलाको नेतृत्वको लघु, साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा अझ बढी समस्या भोग्नु परेकोछ,’ उनले भने ।

ग्लोबल इक्विटी फण्डले नेपालको पहिलो उद्यमी केन्द्रित प्राइभेट इक्विटी फण्ड (पिंक फण्ड) सुरु गर्न काम गरिरहेको थापाले जानकारी दिए । ‘यसले महिला नेतृत्वका उद्यमहरुमा लगानी गर्नेछ,’ उनले भने । यो कोष स्थापना गर्न युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालले ग्लोबल इक्विटी फण्डलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यस प्राविधिक सहयोगले ग्लोबल इक्विटी फण्डलाई जेन्डर लगानी लेन्स र इम्प्याक्ट (प्रभाव) लगानी कोषको लागि ढाँचा स्थापना गर्न मद्दत गर्ने डा. थापा बताउँछन् ।

jutta mela

ग्लोबल इक्विटी फण्ड नेपाल धितोपत्र बोर्ड (सेवोन)द्वारा इजाजतपत्र प्राप्त पहिलो प्राइभेट इक्विटी÷भेन्चर क्याािपटल कोष व्यवस्थापक कम्पनी हो । ‘यसले वातावरणीय, सामाजिक र सुशासनको अभ्यासहरुलाई प्राथमिकता दिने र उच्च प्रतिफल सम्भावना भएका उद्यमहरुमा लगानी गर्दछ,’ उनले भने । हाल यसले नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको व्यवस्थापन गरिरहेको छ र हालसम्म विभिन्न क्षेत्रका ४ वटा उद्यममा लगानी गरिसकेको छ ।

युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको लागि १८.९ मिलियन अमेरिकी डलरको सहयोग प्रोजक्ट रहेको बताइएको छ । ‘नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पीछडिएकाहरुको लागि दीगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरु बढाउन विश्वव्यापी पुँजीकरण एकीकृत गर्न सक्षम बनाउँछ र स्थिरतामा सघाउन पुर्याउँछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘निजी र सार्वजनिक दुवै क्षेत्रसँग काम गर्दै, यो गतिविधिले लघु, साना तथा मझौला उद्यमहरुको विकासलाई अगाडि बढाउँछ, नयाँ व्यापार अवसरहरु स्थापना गर्दछ र नेपालको लगानी सम्भावना खोल्ने लक्ष्य लिएको छ ।’

You might also like

Comments are closed.