पुरुषोत्तम थापा/दुल्लु । जिल्ला अस्पताल दैलेखमा कोरोना संक्रमित एक गर्भवतीको शल्यक्रिया गरिएको छ । उनको शल्यक्रियाबाट बच्चा जन्माइएको छ । दुल्लु नगरपालिका–९ की ती महिलाको डा जगत थापा नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो । अहिले आमा र बच्चाको स्वास्थ्यस्थिति सामान्य रहेको डा थापाले जानकारी दिए ।
ती महिलालाई सुत्केरी ब्यथाले च्यापेपछि जिल्ला अस्पतालमा ल्याइएको थियो । सुत्केरी गराउने क्रममा उनि पहिलेदेखि बिरामी भएको जानकारी पाएपछि जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको डा थापाले जानकारी दिए । समयमा ती महिलालाई अस्पताल ल्याउन नसकिएको भए ज्यान जोखिममा पर्न सक्ने थियो ।
सो अस्पतालमा गत तिन महिनादेखि बन्द भएको शल्यक्रिया सेवा पुन सञ्चालनमा आएको छ । उनलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिने र पूर्ण स्वस्थ भएपछि घर पठाइने अस्पतालले जनाएको छ । सो अस्पतालमा प्रशूतिसम्बन्धी विशेषज्ञ चिकित्सक अभाव भएको विषयमा राससले समाचार सम्प्रेषण गरेको थियो । जिल्ला अस्पतालमा गत तिन महिनासम्म उक्त सेवा बन्द हुँदा गर्भवतीहरु उपचार र शल्यक्रियाका लागि सुर्खेतस्थित अस्पतालमा धाउने गरेका थिए ।
Comments are closed.