पश्चिमाञ्चल स्वास्थ्य सहकारीको आयोजनामा रक्तदान कार्यक्रम

पोखरा । पश्चिमाञ्चल स्वास्थ्य सहकारीको २१ औं स्थापना दिवसको अवसरमा खुल्ला रत्तदान कार्यक्रम सम्पन्न भएको छ । । सो कार्यक्रममा १०८ प्वाईट रगत संकलन भएको बताइएको छ ।

कार्यक्रमको शुभारम्भ पोखरा महानगरपालिकाका सहकारी प्रमुख रविरमण तिवारीले पहिलो रत्तदान डा. नवराज वास्तोलालाई ब्लड ब्याग हस्तान्तरण गदै शुरु गरेका थिए ।
सो अवसरमा तिवारीले सहकारी एकता संगै सहकारीहरुको सकृयता, ऐन, नियमको पलाना गर्नु नै सहकारीको मुल मर्म हुनुपर्ने बताए ।

कार्यक्रममा रत्तदान अभियान्ता एव सराङकोट बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष्य कृष्ण बहादुर थापाले रत्तदान बडाउन सहकारीहरुको भुमीका महत्वपुर्ण रहेको बताए ।  कार्यक्रममा अग्रज रत्तदाता बिक्रम उदासले ७६ औ पटक रत्तदान गरेका थिए ।

२०५९ मा स्थापित सहकारी पोखरा समुह अस्पतालको संचालन मार्फत सम्पुर्ण स्वास्थ्य सेवा र बचत तथा ऋण कार्य गरीदै आएको सहकारीका उपाध्यक्ष अर्जुन ज्ञवालीले बताए । संस्थाका अध्यक्ष हरी पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा आकस्मीक रत्तदान समुहका अध्यक्ष हरिश्चन्द्र शर्मा ,नेपाल स्वयमसेवी रत्तदाता समुहका सदस्य विरेन्द्र पराजुली , डा. छममाया पुन , डा.गणेश भक्त आर्चाय , सचिव मिलन श्रेष्ठ ,कार्यक्रम संयोजक ध्रुव शर्मा लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.