पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलले आफ्नो विद्यालयको चिनारी लोक भाकामा आधारित गीतमार्फत प्रस्तुत गरेको छ।
पश्चिमी संस्कृतिको अन्धानुकरण भइरहेको वर्तमान समयमा नेपाली लोक गीत , लोकभाकाका माध्यमबाट यस विद्यालयले आफ्नो पहिचान देखाएको हो। उक्त गीतमा वरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेको स्वर, डा. शिव सुबेदीको लय, पुरुषोत्तम न्यौपाने र ज्ञानेश्वर सुबेदीको शब्द , अनि कोरस गायनतर्फ नेपाली भाषा विषयका प्राध्यापक एवम् लोक गायक ज्ञानेश्वर सुवेदी, विद्यार्थीहरु क्रमशः संस्कृति सुवेदी ,अभिषेक आचार्य ,रोधा तामाङ ,निरुता श्रीस र अस्मित पराजुलीको आवाज रहेको छ।गीतको परिकल्पना माउण्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपानेले गरेका हुन् भने गीतको सम्पादन सन्तोष हमालले गरेका हुन् ।उक्त गीतको ड्रोनतर्फ अभिनव श्रेष्ठ रहेका छन् ।
शिशु देखि क्याम्पससम्म रहेको उक्त स्कुलमा कक्षा ११ र १२ मा बिज्ञान र ब्यवस्थापन संकायमा कक्षाहरु संचालित छन् ।
Comments are closed.