नेपालका ललित धिमाललाई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण

काठमाडौं ।  माल्दिभ्सको मालेमा जारी १३औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले ७५ के। जी। तौल समूहको शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जित्दै नेपालको झण्डा फहराउन सफल भएका छन् । उक्त प्रतियोगितामा भारत दोस्रो, चौथा तथा पांचौ भएका थिए भने अफघानिस्तान तेस्रा भएका थिए । २०८० असार २० देखि २४ सम्ममा आयोजना भैरहेको प्रतियोगितामा भोली उनले ओभरअल च्याम्पियन मि. दक्षिण एशियाको उपाधिको लागि पूनः प्रतिस्पर्धा गर्नेछन् ।

उपाध्यक्ष वकिल मान तुलाधर उदासको नेतृत्वमा ३ सदस्यीय टोली त्यस तर्फ प्रस्थान गरेका थिए ।  दिनेश श्रेष्ठले नेपालको तर्फबाट अन्तराष्ट्रिय निर्णायकको भुमिका निर्वाह गरि रहेका छन् ।

शनिवार  मि दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको उपाधि सहित प्रथम माल्दिभ्स अन्तर्राष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगिता समेत हुदैछ र स्वर्ण पदक विजेता ललित धिमालले उक्त प्रतियोगितामा पनि प्रतिस्पर्धा गर्दैछन् । पहिलो पुरस्कार वापत नगद डलर ५ हजार, दोस्रो पुरस्कार नगद डलर ३ हजार, तृतिय पुरस्कार नगद डलर २ हजार, चौथो पुरस्कार नगद डलर १ हजार तथा पांचौ हुनेले नद डलर ५०० प्राप्त गर्नेछ ।

स्मरण रहोस शारीरिक सुगठनका अन्तराष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी शललित धिमालले हालै काठमाडौमा असार ८ र ९ गतेसम्पन्न ८औ मि। हिमालय शारीरिक सुगठन प्रतियोगितमा ओभरअल विजेता भई ५ लाख २५ हजार नगद पुरस्कार समेत जित्न सफल भएका थिए ।

You might also like

Comments are closed.