काठमाडौं । पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पताल शुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा ७, बांकेलाई १ थान एम्बुलेन्स तथा १ थान बस हस्तान्तरण गरिएको छ ।
नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासद्वारा आसार ३१ गते आइतबार नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री तथा नेपालका लागि भारतका राजदुतको उपस्थितिमा १ थान एम्बुलेन्स तथा १ थान बस हस्तान्तरण गरिएको अस्पतालका कार्यकारी निर्देशक डा.निरज भट्टराईले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयको समन्वयमा गरिएको आफ्नो अनुरोधलाई छोटो समयमै सम्बोधन गरिदिएकोमा भारतीय दुतावास परिवारलाई भट्टराईले धन्यवाद व्यक्त गरेका छन् ।
Comments are closed.