रियलमी ११ प्रो सिरिज ५ जी नेपाली बजारमा

काठमाडौं । सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको बहु— प्रतिक्षित रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ । रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो । रियलमी ११ प्रो प्लस ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको छ । नयाँँ रियलमी ११ प्रो सिरिज ५जीको क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुचीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जीको डिजाइन गरिएको हो ।

लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, “हामी सदैव नयाँँ मोडल ल्याउनु भन्दा अगाडि यो कुरा सुनिश्चित गर्दछौँ कि अगाडिको मोडल भन्दा अहिलेको मोडल केही न केही कुरामा लिप फर्वार्ड होस् अर्थात या त डिजाइन, या त क्यामरा, या त प्रोसेसरमा अपग्रेड होस् । हाम्रो ब्रान्डको “डेयर टु लिप“ भन्ने मान्यतामा आधारित रहेर हामी यो कोशीस गर्दछौँ कि हाम्रा नयाँँ सेटहरुले बजारमा स्मार्टफोनको गुणस्तरको मान्यतालाई अझ बढाओस्। यसै सन्दर्भमा हामीले रियलमी ११ प्रो प्लस ५ जी र रियलमी ११ प्रो ५जी नेपाली बजारमा सार्वजनिक गरेका छौँ ।”

रियलमी ११ प्रो प्लस ५जीमा भएको सबैभन्दा मुख्य फिचर हो यसमा भएको २०० एमपिको ओआइएस सुपरजुम क्यामरा, जुन यो भन्दा अगाडिको कुनै पनि मिड रेन्ज फोनमा थिएन। त्यसैले क्यामराको मामलामा त यस सेग्मेन्टमा यसको प्रतिस्पर्धी छैन नै भने पनि हुन्छ । यसको क्यामरामा सामसँगको आइसोसेल एचपि ३ सुपरजुम सेन्सर रहेको छ जसको सेन्सर साइज १÷१.४ इन्चको रहेको छ भने ा १.६९ को एपर्चर साइज रहेको छ ।

समग्रमा भन्नुपर्दा रियलमी ११ प्रो फाइभ जीको क्यामराले एकदमै हाइ क्वालिटीको तस्बिरहरु खिच्न सक्छ, जुन यो मुल्यका अरु स्मार्टफोनहरुको क्यामराले सक्दैन । क्यामरा सेटिङमा सुपर आइओएस, सुपरनाइट इस्केप, मुन मोड र स्टारी मोडको साथ यो रियलमी ११को क्यामराले पक्कै पनि फ्ल्यागशिप लेभलको लिप गरेको छ ।

रियलमी ११ सिरिजमा स्मार्टफोन इमेजिङ मात्र नभएर एस्थेटिक्समा पनि व्यापक अपग्रेड गरिएको छ । सनराइज बिज, ओसिस ग्रिन र अस्ट्रल ब्ल्याक जस्ता अत्यन्तै मनमोहक र सुन्दर रङहरुमा उपलब्ध यी दुई सेटहरुको डिजाइन गुचीका प्रिन्ट र टेक्स्टाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा गरिएको हो । जसले गर्दा समस्त विश्वभरका युवा जमातहरुले लक्जरी ब्रान्डको हाइ एन्ड डिजाइनमा सहज पहुँच पाएका छन्।् ।

रियलमी ११ प्रो प्लस फाइभ जी क्यामरा र डिजाइनमा मात्र नभएर सबै कुरामा एक शक्तिशाली अल–राउन्डर हो । ५००० एमएएचको शक्तिशाली ब्याट्रि र १०० वाटको सुपर भोक चार्जिङ सपोर्ट भएकोले गर्दा ब्याट्रि र ब्याकअपमा पनि रियलमी ११ प्रो प्लस फाइभ जी उत्कृष्ट रोजाई हो ।

रियलमी ११ प्रो फाइभ जी पनि रियलमी ११ प्रो प्लस फाइभ जीकै जस्तै प्रिमियम डिस्प्लेमा उपलब्ध छ। यसमा भएको अर्को बलियो पक्ष भनेको २१६० हर्जको पिएमडब्ल्यु डिमिङ सहितको १२० हर्जको कर्भ्ड डिस्प्ले पनि हो। यो भन्दा अगाडिको कुनै पनि ब्रान्डको मिड रेन्ज फोनहरुको कर्भ्ड डिस्प्लेमा यत्ति धेरै डिमिङ पावर हुँदैन थियो । त्यस्तै यसमा सनलाइट स्क्रिन र २०००० लेभलको अटोम्याटिक ब्राइटनेस एड्जस्टमेन्ट पनि रहेको छ ।

ग्राउन्ड ब्रेकिङ स्क्रिन टेक्नोलोजी त छँदैछ , यसमा पनि रियलमी ११ प्रो प्लस फाइभ जीकै जस्तै एस्थेटिक डिजाइन छ । यसको मेन प्याटर्नलाई नै सनराइज बिज, ओसिस ग्रिन, अस्ट्रल ब्ल्याक जस्ता सुन्दर रङहरु दिइएको छ जसले गर्दा हेर्दै खेरि अलिक लक्जरियस फोन जस्तो देखिन्छ । क्यामराको कुरा गर्नुपर्दा रियल मी ११ प्रो ५ जि मा १०० एमपिको प्रोलाइट क्यामरा रहेको छ जसले १०० एमपिकै डाइरेक्ट आउट्पुट सपोर्ट गर्छ । त्यसतै यसको सेन्सरले २ गुणा लसलेस जुम पनि सपोर्ट गर्छ ।

कम पावरमा पनि हाइ पर्फर्मेन्स गर्ने भएकोले एवम पर्याप्त स्टोरेज भएकोले रियलमी ११ प्रो वास्तवमै एउटा असली फ्ल्यागशिप स्मार्टफोन हो । डाइमेन्सिटी ७०५० फाइभ जी चिपसेट राखिएको यो फोनको ¥याम १२ जीबीको छ भने रोम २५६ जीबिको रहेको छ । रियलमी यु आइ ४.० मा चल्ने यस सेटको ब्याट्रि पनि ५००० एमएएच्को छ भने ६७ वाटको सुपरभोक चार्जिङ सपोर्ट गर्छ ।

रियलमी ११ प्रो+ ५ जी १२/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ६१ हजार ९ सय ९९ रहेको छ । रियलमी ११ प्रो+ ५ जी दुईवटा कलर अप्सनहरुमा उपलब्ध छ : सनराइज बेज र ओएसिस ग्रीन ।

त्यस्तै रियलमी ११ प्रो ५ जी ८/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ४७ हजार ९ सय ९९ रहेको छ । रियलमी ११ प्रो ५ जी दुईवटा कलर अप्सनहरुमा उपलब्ध छ : सनराइज बेज र एस्ट्रल ब्ल्याक ।

You might also like

Comments are closed.