वैदेशिक रोजगारीमा गएका ब्यक्तिका लागि निष्काशित माण्डु हाईड्रोपावरको शेयर बाँडफाँड

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको माण्डु हाईड्रोपावर लिमिटेडकोे शेयर बाँडफाँड सम्पन्न भएको छ ।

१ लाख ३६ हजार ३६४ कित्ता शेयर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको हो ।

नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि १,५०० कित्ता सम्म आबेदन दिने १३,६३६ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि १,५०० कित्ता सम्म आवेदन दिने ५,६६५ जना मध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता गरी जम्मा १,३६,३६४ कित्ता शेयर बाँडफाँड भएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा सिडिएससिको वेवसाइट बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

You might also like

Comments are closed.