कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघका सदस्यलाई मणिपालमा बिशेष छुट

पोखरा । मणिपाल शिक्षण अस्पताल र कास्की हेभी इक्युपमेन्ट व्यवसाय संघबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सम्झौता भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज व्यवसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र कास्की हेभी इक्युमेन्ट व्यवसायी संघ बीच सहमति भएको हो ।

कास्की हेभी इक्युमेन्ट ब्यबसायी संघमा आबद्द सदस्यहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने छन्। मणिपाल शिक्षण अस्पताल पोखरा र कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघबीच स्वास्थ्य सेवा सुबिधा सम्बन्धी सहमती भएसँगै कास्की हेभी इक्युपमन्ट व्यवसायी संघमा आबद्द कर्मचारीहरु तथा सदस्यहरुले सो सुविधा पाउने भएका हुन् । कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघका कर्मचारी तथा सदस्यहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन।

मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघका अध्यक्ष बालकृष्ण कोईरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघका सदस्यहरुले मणिपालको साधारण बेडमा २५ प्रतिशत, निःशुल्क डाक्टरी परामर्श, साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन् । ‘न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छुट दिइनेछ,’सम्झौतापत्रमा भनिएको छ,‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ।’

You might also like
Ram Tulasi Palpa

Comments are closed.