पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशले कोभिड हेल्प डेस्क स्थापना गरेको छ । संस्थाका अध्यक्ष चन्द्र किशोर गौतमकोे संयोजकत्वमा १०१ सदस्यीय सकिति गठन गरेको हो साथै समितिको १९ सदस्यीय सल्लाहकार समिति चयन गरीएको छ ।
यस प्रदेशमा कोरोना भाइरसबाट संक्रमित भएका व्यवसायीहरुलाई विरामीहरुलाई स्वास्थ उपचारमा सहजीकरण र सहयोग पु¥याउने उदेश्यले हेल्प डेस्क स्थापना गरिउको संयोजक चन्द्र किशोर गौतमले जानकारी दिए । सदस्यबाट सहयोग संकलन गरी सदस्य तथा सदस्यका परिवार र कालिगढहरुलाई सहयोग गरीने उनले बताए । सदस्यहरुले सहयोग गरेको रकम ७ लाख ७३ हजार ८सय ४ रुपैयाँ पुगेको बताईएको छ । गौतमले भने हाम्रो कामको प्रशंसा गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले २ लाख रुपैयाँ सहयोग गरेको छ । यो समेत गरी जम्मा ९ लाख ७३ हजार ८सय ४ रुपैयां पुगेको उनले बताए ।
गोर्खा जिल्लाको निकट अजिरकोट गा.पा.घर भई बारपाख शुलीकोट बस्ने व्यवसायी हिमबहादुर विश्वकर्मा संक्रमित भएर घरमानै बसीरहेको अवस्थामा गोर्खाबाट एम्वुलेन्स पठाई लिएर उपचार गरी घर फर्केका एम्बुलेन्स खर्च हेल्पडेस्क समितिले तिरीदिएको गौतमले बताए । त्यसैगरी नवलपुल घर भई रुकुम कोटमा व्यवसाय गरी बसेको भैरहवा सुनचाँदी पसलका प्रोपाइटर ईश्वरी वि.क परिवार सहित संक्रमित भएको र श्रीमती शुशिला वि.क मनिपाल शिक्षण अस्पतालमा भर्ना भई लामो समय बस्नुपरेको हुँदा औषधी खर्चमा समेत समस्या परेको हुँदा गण्डकी हेल्प डेस्क बाट रु १५ हजार रुपैयाँ र सुनचाँदी व्यवसायी संघ कास्कीले १५ हजार गरी ३० हजार रुपैयाँ सहयोग गरेको बताइएको छ । त्यसैगरी नवलपुरका व्यवसायी संक्रमित भई चितवन मेडिकल कलेजमा भर्ना भई उपचारकै क्रममा मृत्यु भएका ले उनको परिवालाई किरीया खर्चमा सहयोग पुगोस् भनेर १० हजार रुपैयाँ सहयोग गरेको गौतमले बताए । त्यसैगरी बाग्लुङ्ग न.पा.७ घर भई बुर्तिवाङ बस्ने संक्रमित भई पोखरा ल्याई लेखनाथ कोभिड अस्पातालमा उपाचाररत सोम बहादुर यामु पौ.वि. लाईपनि हेल्प डेस्कले १० हजार सहयोग गरेको छ ।
यसरी कोभिड १९ बाट व्यवसायी बचाउने कार्यमा सवैतिरबाट प्रशंशा भएको र अझै सहयोगी मन भएका व्यवसायीहरुलाई सहयोगको आग्रह गर्दै संक्रमितहरुलाई एम्बुलेन्स, अस्पताल,अक्सिजन र औषधी सहयोग पु¥याउँद्रै संक्रमितबाट बच्नका लागी डाक्टरको परामर्श सम्पर्क तथा जुम प्रविधिबाट शिक्षा दिने अभियान संचालन पनि संस्थाले गरेको छ ।
उनले भने, “सहयोग मात्र समाधान होइन र यस महामारीवाट बच्नलाई कोरोना विरुद्ध लड्ने शक्ति भनेको खोप नै हो, गौतमले भने, सरकारले सधै लकडाउन गरेर पनि सक्दैन हामी वषौं घरभित्र रहनपनि सक्दैनौ । व्यापार व्यवसाय उद्योग धन्दा , बैंक सहकारी, यातायात सवै चलाउनुपर्छ । तवमात्रै आर्थिक क्षेत्र चलायमान हुन्छ । आर्थिक क्षेत्र चलायमान नभएसम्म अरु कुनै विकास हुदैन । चलाउन वा लकडाउन खोल्न पनि केही पुर्वाधार खडा गर्नुपर्छ । बडो सर्तकता सँग उद्योग व्यवसाय सञ्चालनमा ल्याउनु पर्छ ।”
धातुका सामाग्रीमा भाइरस लामो समय जिवित रहन्छ भन्ने विज्ञहरुको भनाई छ । धातुहरुको व्यवसाय गर्ने व्यवसायी र मजदुर दुवै उच्च जोखिममा छन् । तिनलाई व्यवस्थापन गर्नुपर्छ । व्यक्ति,संघ संस्थाहरुले बेलैमा सोच्नुपर्ने वेला हो यो यसको अचुक र यस भाइरसबाट मुक्ति पाउन अहिलेको माध्यम खोप नै हो । केबल सरकारको मुख ताक्नुको विकल्प छैन । व्यवसायीले छिटो व्यवसायीहरु र कालिगढहरुलाई भ्याक्सिनको व्यवस्था मिलाउन सम्बन्धित निकाय सँग माग गरेका छन् ।
Comments are closed.