काठमाडौं । एसियाली मोटरसाइकल फेडेरेसन ( FIM ASIA) को आयोजनामा भोलि सेप्टेम्वर १ देखि ३ सम्म थाइल्याण्डमा हुने एसिया कप अफ रोड रेसिङ्ग (ACRR) मा भाग लिन तीन सदस्यिय नेपाली टोली बैंकक प्रस्थान गरेको छ । नेपाली राइडरद्वय राजकुमार कार्की (नुवाकोट) र आषिक लामा (काठमाडौं) तथा नेपाल अटोमोवाइल्स एसोसिएसनका सचिव विनोद तन्दुकार अफिसियलको रुपमा त्यसतर्पm प्रस्थान गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषदका कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुवँर , एफआइए वल्र्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराई, नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दसरथ रिसाल तथा उपाध्यक्ष तथा मोटरसाइकल कमिसनका प्रमुख सिताराम न्यौपानेले नेपाली टोलीलाई आज बिदाइ गरे ।
थाइल्याण्ड सर्किट (नाखोन्चाइसी) ट्रयाकमा हुने २०० सिसिका मोटरसाइकलको सो रेसमा एसिया महादेशका आठवटा देशका राइडर्सले आफ्नो साहस, सृजना र कला प्रस्तुत गर्नेछन् । २५०० मिटर लम्बाई र १२ देखि १५ मिटर चौढाईको उक्त ट्रयाकमा ६ वटा दाया मोड, ४ वटा बाया मोड तथा २ वटा स्लालम टाइपका मोडहरु रहने छन् । नेपाल सहित सो प्रतियोगितामा जापान, भारत, थाइल्याड, फिलिपिन्स, श्रीलंका, ताईवान र चीनका राइडर्सको सहभागिता हुनेछ ।
ठिक १५ वर्ष अघिबाट नेपालमा संस्थागत भएको मोटरस्पोर्ट आज नेपालमा निकै लोकप्रिय बन्दै गएको छ । हाल धुलिखेलमा मात्र एउटा ट्रयाक ‘हिमालय मोटरल्याड’ रहेकोमा यसै वर्ष देखि गौरीटार स्टेडियम, हेटौडा र सुर्खेत स्टेडियम एरियामा वागमती र कर्णाली प्रदेश खेलकुद परिषदले ट्रयाक निर्माण शुरु गरेका छन् ।
Comments are closed.