काठमाडौं । महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा आँधीखोला गाउँपालिकाको आयोजनामा अन्तर आमा समुह पालिकास्तरीय तीज गीत प्रतियोगिता हुने भएको छ । भदौ २७ गते बुधबार प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा भाग लिन चाहने ईच्छुक आमा समूहले भदौ २६ गते साझ ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ । । प्रतियोगी टिममा बाध्यवाधक, नृत्य सहित बढीमा सातजाना मात्र हुनुपर्ने छ । वाध्यवाधकको व्यवस्था गर्न नसकेको टिमलाई गाउँपालिकाले व्यवस्था गर्नेछ ।
सहभागी टिमले बढीमा ७ मिनेटमा आफ्नो प्रस्तुती सक्नुपर्नेछ । टिम दर्ता गरिसकेका आमा समुहले भदौ २७ गते बिहान ९ः३० बजेसम्ममा समुहको अध्यक्ष वा प्रतिनिधी गाउँपालिकामा उपस्थित भै पालोको लागी गोला तान्नुपर्ने बताइएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ भने द्वितीय पुरस्कार नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र,
तृतीय पुरस्कार २० हजार रुपैयाँ र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार १५ हजार रुपैयाँ र प्रमाणपत्र रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिए । त्यसैगरि उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभुषा रहेको १ टिमले २ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
Comments are closed.