चन्द्रागिरि साकोस र ओमन्स क्रियशन साकोसबीच एकीकरण सम्झौता

काठमाडौं । चन्द्रगिरि नगरपालिकामा रहेको चन्द्रागिरि वचत तथा ऋण सहकारी संस्था लि. र बुढानिलकण्ठमा रहेको ओमन्स क्रियशन बचत तथा ऋण सहकारी संस्थाबीच संस्था एकीकरण गर्ने÷गाभ्ने सम्बन्धी सम्झौता भएको छ ।

दुवै संस्थाहरु सहकारी ऐन, नियमावली तथा सहकारीका नियमनकारी निकायले निर्देशन गरे अनुसार आ–आफ्नो कार्यक्षेत्र भित्र आ–आफ्नो विनियम बमोजिम सहकारीताको सिद्धान्त र मूल्य बमोजिम संचालन हुँदै आएका संस्थाहरु हुन् ।

हालको बदलिँदो परिस्थितिमा सहकारी अभियानलाई थप सार्थक बनाउँदै सदस्यहरुलाई व्यवस्थित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्नको लागि दुई संस्थालाई एउटै संस्था बनाई एकीकृत सेवा सञ्चालन गर्नको लागि यो एकीकरण गर्न लागिएको हो ।

jutta mela

एकीकरण गर्नको लागि दुवै संस्थाको संचालक समितिबाट नीतिगत सहमतीको निर्णय बमोजिम अख्तियार प्राप्त भएपछी सोमबार सो सम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएको हो अब दुवै संस्थाका साधारण सभाबाट एकीकरणको प्रस्ताव पारित भईसकपेछी हाल ओमन्स क्रियशन साकोसको कार्यालय भएको स्थानमा ओमन्स क्रियशन सेवा केन्द्र मार्फत एकीकृत सेवा सञ्चालन हुनेछ ।

You might also like

Comments are closed.