नेसनल प्याब्सन काठमाडौंको आयोजनामा उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौं । राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल, नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजनामा उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा र नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष खडक बहादुर बस्नेतको सभापतित्वमा कार्यक्रम भएको हो ।

राष्ट्रिय अध्यक्ष पाण्डव हमालको विशेष अतिथिमा सम्पन्न भएको यस लोक नृत्य कार्यक्रममा दश उत्कृष्ट विद्यालयहरुले विभिन्न विधाहरुमा पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा काठमाडौं जिल्लाका ७५ वटा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा माउण्ट ग्लोरि स्कुल प्रथम तथा मनास्लु वल्र्ड स्कुल द्वितीय भएका छन् । द्वितिय भएको मनास्लु वल्र्ड स्कुलले नेपालको लोपउन्मोख किसान जातिको लोकनृत्यलाई प्रस्तुत गरेका थिए । यसै गरी विपुल शिक्षा निकेतन तृतिय भएका हो । सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश रु २५,०००/-, रु २०,०००/– र रु १५,०००/– रुपैयाँ नगद पुरस्कार तथा विजयी विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

यसैगरी गरी चौथो अर्किड प्युपल सेकेण्डरी स्कुल भएको छ भने पाँचौँ स्थान नेरिक एकेडेमीले प्राप्त गरेको छ । मिलन धर्मस्थली स्कुल छैटौँ, ग्रीनवीच एकेडेमी सातौँ, पीक प्वाइन्ट एकेडेमी आठौँ, ग्रीनफिल्ड नेशनल स्कुल नवौँ र पिपुल्स एकेडेमी दशौँ भएको छ । यसैगरी उत्कृष्ट भेषभुषाको अवार्ड विपुल शिक्षा सदनले प्राप्त गरेको छ भने उत्कृष्ट नृत्य संयोजनको अवार्ड माउण्ट ग्लोरी स्कुलले प्राप्त गरेको नेशनल प्याब्सन काठमाडौँ जिल्ला सचिव अमृत खड्काले जानकारी दिए ।

राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल, नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिले प्रत्येक वर्ष लोक नृत्य प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । यस प्रतियोगितामा हरेक वर्ष विभिन्न संस्थागत विद्यालयहरुले उत्साहाकासाथ भाग लिने गरेका छन् । यस किसिमका प्रतियोगिता मार्फत विद्यार्थीहलाई अतिरिक्त कृयाकलापमा समेत अघि बढ्न प्रेरणा मिल्ने आयोजकको विश्वास छ ।

You might also like

Comments are closed.