काठमाडौं । नेपाल रेडक्रस सोसाइटी, खजूरा गाउॅंपालिका र शुशील कोईराला प्रखर क्यान्सर अस्पतालको सहकार्यमा स्थापित ‘ब्लड बैंक ‘तथा शुशील कोइराला प्रखर क्यान्सर अस्पतालको ‘हेमाटोलोजी वार्ड ’(ब्लड क्यान्सरको उपचार हुने वार्ड) को शुभारम्भ गरिएको छ ।
बांके क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य किशोर सिंह राठौरले मंगलबार ब्लड बैंक ‘तथा शुशील कोइराला प्रखर क्यान्सर अस्पतालको ‘हेमाटोलोजी वार्ड ’को उद्घाटन गरेका हुन् । सो अवसरमा बृहत रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो।
यि सेवा विस्तारसॅंगै अब रगत लिनकै लागि नेपालगंज र कोहलपूर धाउनुपर्ने र ब्लड क्यान्सरको उपचारको लागि चितवन र काठमाडौं वा भारत जानैपर्ने बाध्यता हटेको छ अस्पतालका कार्यकारी निर्देशक डाक्टर निरज भट्टराईले बताए ।
Comments are closed.