सुलभ सहकारीको अध्यक्षमा पुनः गोपीबहादुर भट्टराई

पोखरा । सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन गोपीबहादुर भट्टराई चयन भएका छन् ।  शुक्रबार सम्पन्न  १४ औं साधारणसभाले भट्टराईको अध्यक्षतामा ९ सदयिस्य कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विप्लव पौडेल, सचिबमा चौबहादुर गुरुङ, कोषाध्यक्षमा बलराम पहारी चयन भएका छन् । त्यसैगरी समितिको सदस्यमा भरतराज पराजुली, दोर्जे लामा, गणेश पहारी, शुनिल भट्टराई र नरेश भट्टराई छन् । सहकारीको लेखा समिति संयोजकमा विश्वराज पौडेल, सदस्यमा श्रीकृष्ण श्रेष्ठ र खिम बहादुर ढकाल रहेका छन् ।

सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडले पोखराको लेकसाईडको जरेवमा सुलभ डिपार्टमेण्टल पनि स्टोर्स सञ्चालन गर्दै आएको छ ।

साधारण सभाले अध्यक्ष गोपीबहादुर भट्टराई, सचिब चौबहादुर गुरुङ र कोषाध्यक्ष बलराम पहारीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन पनि पास गरेको छ ।

lcci
You might also like

Comments are closed.