काठमाडौं । स्काई वेल ब्रान्डको इटी ५ मोडेलको प्रीमियम एयुभि गाडीको बुकिङमा उत्साह देखिएको छ ।
आधिकारिक बिक्रेता जि मोटर्सका प्रवन्ध निर्देशक कैलाश बाबु गेलालका अनुसार शनिबारसम्म इटी ५ एसयुभी २१ वटा बुकिङ भएको छ । शनिबार एकै दिन ९ वटा गाडी बुकिङ भएको उनले बताए । यो गाडीले सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने बताइएको छ । ‘कम्पनीको स्टलमा आएर गाडीबारे बुझ्नेहरुको आकर्षण देखिएको छ,’ उनले भने ।
कम्पनीले हालैमात्र आधिकारिक बिक्रतो भएर गाडी आयातको प्रक्रिया अगाडि बढाएको हो । गाडी भित्रिने क्रममा रहेको र केही सातापछि शोरुममा गाडी उपलब्ध हुने उनले जानकारी दिए ।
Comments are closed.