जीविका सहकारीको साधारण सभा सम्पन्न

पोखरा । जीविका बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ३ नदीपुर मार्गमा रहेको संस्थाले पोखराका १३ वटा वडाहरुलाई आफ्नो कार्य क्षेत्र बनाई सेवा दिदै आईरहेको छ ।

संस्थाका कार्यबाहक अध्यक्ष महाबिर थापाको अध्यक्षतामा भएको सभाले काबा अध्यक्ष थापाले प्रस्तत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै सभाले कोषाध्यक्ष बलराम पाण्डेले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को प्रस्ताबित आय, व्यय विवरण पारित गरेको छ । साथै सभाले लेखा समितिका संयोजक गौतम आचार्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

संस्थाको स्थापनाको समयमा २६ जनाबाट जीविका सहकारी शुरु भएको थियो । आर्थिक वर्ष २०८० असार मसान्तसम्म ६९५ जना सेयर सदस्यहरुमा २९१ जना पुरुष र ४०४ जना महिला रहेका जनाइएको छ ।

संस्थाको सेयर पूँजी ३ करोड ६८ लाख २ हजार ९ सय रुपैयाँ रहेको छ । कुल बचत २ करोड ३७ लाख ८६५ रुपैयाँ, ऋण लगानी ४ करोड ३१ लख ३२ हजार २९५ रुपैयाँ रहेको छ । यस्तै बैंक मौज्दात ५९ लाख ६१ हजार ११ रुपैयाँ, नगद मौज्दात २ लाख ७६ हजार ८८० रुपैयाँ र लगानीमा रहेको रकम १ लाख २१ हजार रहेको छ ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोईरालाले सहकारीहरु विद्यमान नियमअनुसार चले कुनै समस्या नआउने बताईन् । उनले दुईचार वटा सहकारीमा समस्या आएको कुरालाई सबैसंग जोडेर हेर्न नहुने बताईन् । उनले सहकारीहरु परदर्शि हुनुपर्ने, यसमा लागेकाहरू, बचतकर्ता र सेयर सदस्यहरु सहकारीका बारेमा जानकार हुनुपर्ने बताईन्।

उनले समय समयमा सहकारीले आफ्ना सेयर सदस्यहरुका लागि उपलव्धिमूलक तालिमहरुको व्यवस्था गर्न सुझाव दिईन्। कोईरालाले अब सहकारीहरुले सेयर सदस्यहरुलाई उत्पादनमूलक कार्यमा जोड्नु पर्ने र सहकार्यको माध्यमबाट जीवनस्तर उकास्ने काममा ध्यान पुर्याउन आग्रह गरिन् ।

संस्थाका कार्यबाहक अध्यक्ष महाविर थापाले छरिएर रहेको पूँजीलाई एकिकृत गरी आर्थिक रुपमा सबल, सक्षम, आत्म निर्भर र स्वाबलम्बि बनाउने उदेश्यले संस्था अगाडी बढेको बताए ।

बर्तमान अवश्थामा हामीलाई अन्यको जस्तो जटिल समस्या नआएको तर कोरोना लगायतका बिपद्हरुको असरले आर्थिक कारोबारमा कमि भएको अनुभव छ । थापाले भने, हामी संवेदनशिल र सजग भएर संस्थाको उन्नतिको लागि लागिरहेका छौं ।

थापाले सहकारीलाई व्यवस्थित गराउने उदेश्यले सहकारी विभाग, पोखरा महानगरपालिका, सहकारी शाखाबाट जारी भएको सहकारीसम्बन्धी नीतिहरुको कारण कार्य सम्पादनमा कठिनाई भएको बताए । उनले कोरोनाको असरले तरलताको कमि भएकोले लगानी गर्न नसकिएको अवश्थाले पूँजी परिचालनका लागि सेयर सदस्यहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा सेयर सदस्य शारदा पौडेल, उमेशराज पराजुली लगायतले शुभकामना व्यक्त गर्दै सहकारीमा आवद्ध भएका दिबिहिनीहरुको आयस्तर बढाउने काममा सहकारीले ध्नयान दिनुपर्ने सुझाव दिए ।

सोहि अवसरमा संस्थाले संस्थाका प्रवन्धक बासुदेव पौडेललाई विशेष उत्कृष्ट कर्मचारी सम्मान गरियो । दुईजना सेयर सदस्यलाई उत्कृष्ट उद्यमी सम्मान गरियो । उनीहरुमा शुलोचना बास्तोला र मीन बहादुर श्रेष्ठ रहेका छन् ।

यस्तै ९ जना सेयर सदस्यका विभिन्न तहको अध्ययन पूरा गरेका छोराछोरीहरुलाई सम्मान गरियो । सम्मानित हुनेमा नीलिमा पाण्डे, अमर खनाल, सिमा थापा, विनय पराजुली, डा सुरज कुमार पौडेल, अस्मिता कुँवर, उत्सव पराजुली, डा सुलभ प्रधान र शर्मिला श्रेष्ठ रहेका छन् ।

कार्यबाहक अध्यक्ष महाविर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुलाई सदस्य कृष्ण बहादुर तामाङले स्वागत गरेका थिए । सचिव लेख बहादुर प्रधानले संचालन गरेको कार्यक्रमको अन्त्यमा सदस्य कुलदेवी पराजुलीले धन्यवाद ज्ञापन गरेकी थिईन् ।

 

lcci
You might also like

Comments are closed.