काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले सम्पूर्ण व्यवसायीलाई उपभोक्ता हितलाई ख्यालमा राखी मर्यादित व्यवसाय गर्न आग्रह गरेको छ ।
मर्यादित व्यवसायी गरी चाडपर्व लक्षित बजार अनुगमनको सम्भाव्य कारवाहीबाट जोगिन पनि पनि संघका महासचिव दुर्गाराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थानीय निकाय जिल्ला प्रशासन कार्यालय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट बजारमा चाडपर्व लक्षित अनुगमन भइरहेको छ ।
व्यवसायीले मूल्य सूची, व्यवसाय दर्ता प्रमाणपत्र, स्थायी लेखा वा भ्याट दर्ता प्रमाण पत्र बिक्री स्थलमा राख्न पनि संघले आग्रह गरेको छ । बिलबिजक जारी गर्दा पान वा भ्याट नं. सहित जारी गर्ने साथै विलविजक दुरुस्त राख्न पनि संघले आग्रह गरेको छ ।
मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्दा अनिवार्य रुपमा अन्त शुल्कमा दर्ता गर्न, म्याद नाघेको वा बिग्रिएको उपभोग गर्ने वस्तुहरु अलग्गै ठाउँ छुटाएर राख्न, गुणस्तर तथा नापतौल कार्यालयको दर्ता प्रमाणपत्र विक्री स्थलमा राख्न, गुणस्तरहीन वस्तुहरु बिक्री वितरण नगर्न, खाद्य तथा किराना पसलमा मदिरा र सुर्तीजन्य पदार्थसंगै बिक्री वितरण नगर्न, औषधी व्यवसायीले म्याद नाघेको औषधी बिक्री वितरण नगर्न संघले आग्रह गरेको छ ।
Comments are closed.