भावना सामुदायिक कृषि सहकारीको साधारण सभा सम्पन्न

पोखरा । भावना सामुदायिक कृषि सहकारी संस्थाको १२ औँ साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं १८ सराङकोट मुख्य कार्यक्षेत्र भई कृषिसँग सम्बन्धित विविध कार्यहरुका साथै सदस्य केन्द्रित बचत तथा ऋणको कारोबार गर्दै आएको छ ।

संस्थाले फेवा फाँटको ५०० रोपनी जग्गामा गहुँबाली, अदुवा खेती , सामुहिक आलु खेती, तरकारी खेती मार्फत सदस्यहरुलाई सेवा दिदैँ आएको अध्यक्ष बलराम कोइरालाले बताए । संस्थाले बचत तथा ऋण कार्यक्रमहरु सहित सामाजिक उत्तरदायित्वका विविध कार्यक्रमहरु गर्दै आएको सचिव मिन बहादुर थापाले बताए । सो कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगर सहकारी शाखा प्रमुख भरतराज पौडेलले सहकारीको मर्म, उद्देश्य अनुसार कार्य गर्ने सहकारीमा कहिल्यै समस्या नआउने बताए । यसको लागी सहकारीका संचालक, सदस्यहरु जिम्मेवारी हुनुपर्ने उनको भनाई थियो ।

संस्थाका अध्यक्ष बलराम कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखराका प्रमुख नरेश पाण्डे, सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण थापा , जिल्ला कृषि सहकारी संघका अध्यक्ष फडिण्द्र पौडेल, वडा सदस्य कल्पना ढकाल, सल्लाहाकार सूर्य खड्का, पूर्णखर तिमिल्सिना, गंगाधर तिमिल्सिना, गोविन्द गौतम लगाएतले सहकारी मार्फत भएका कार्यक्रमहरुले सकारात्मक सन्देश दिएको बताए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता,जेष्ठ सदस्य, असल ऋणि , उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको व्यवस्थापक दिपक थापाले बताए । संस्थाको हाल पुँजी ४ करोड ८२ लाख, ऋण लगानी २४ करोड ५ लाख सहित ३५ करोडको कुल कारोबार रहेको कोषाध्यक्ष प्रकाश भट्टराईले बताए ।

lcci
You might also like

Comments are closed.