सहकारीको लागि ‘फिन्याक्ट प्लस भर्जन २.० कोर बैकिङ’ सोलुसन सार्वजनिक

पोखरा । बिगत २४ बर्षदेखी सहकारी बैंकिङ प्रबिधिमा सेवा दिदै आएको फिन्याक्ट सफ्टवेर प्रा.लि.ले नयाँ अत्याधुनिक वेभ बेस्ड सफ्टवेयर “फिन्याक्ट प्लस भर्जन २.०” कोर बैकिङ तथा देवन सफ्ट प्रा. लि. को साझेदारीमा “आई स्मार्ट डिजिटल बैंकिङ” सोलुसनको शुभारम्भ गरेको छ ।

अन्तर्राष्ट्रिय आईएसओ ९००१ तथा २७००१ प्रमाणित सहकारी सफ्टवेयर “फिन्याक्ट प्लस भर्जन २.०” अब अझै सुरक्षित तथा अझै धेरै सुबिधाहरु थप भएको कम्पनिका कार्यकारी प्रमुख रोमस बज्रचार्यले जानकारी दिए । उनले भने, “अब यस भर्जनमा स्मार्ट एटेन्डेन्स म्यानेजमेन्ट, लोन तथा डकुमेन्ट म्यानेज मेन्ट, कोपोमिस रिपोर्टिङ, अटो डे एन्ड तथा बिगिन् (क्लोजिङ्), निस् शुल्क डाटा माईग्रेसन्, निस् शुल्क एसएमएस बैंकिङ, नि:शुल्क मार्केटिङ कलेन्क्सन एप, दैनिक कार्य सम्पादन म्यानेजमेन्ट, एनएफआरएस रिपोर्ट्, गोएमएल रिपोर्टिङ, क्लाउड डाटा ब्याकअप (काठमाडौं तथा पोखरां) साथ साथै यो सफ्टवेर नेपाली तथा अङ्रेजी भाषामा पनि उपलब्ध रहेको छ ।”

आई स्मार्ट डिजिटल बैंकिङ एप मार्फत सदस्यहरूले सहकारीको मोवाईल बैंकिङ सेवा प्रयोग गरी खाताको जानकारी, स्टेटमेन्ट, मोवाईल रिचार्ज, पानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, बस टिकट, सहकारीबाट बैंकमा रियल टाईम बैक ट्रान्सफर, फोन पे क्यु आर स्क्यान, बिभिन्न वालेटहरुमा लोड, बैकबाट सहकारी खातामा रकम ट्रान्सफर, कनेक्ट आईपिएस लगायत अन्य थुप्रै सेवाहरू सजिलै लिन सक्नेछन् ।

आई स्मार्टको डिजिटल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको ब्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस “कोइली” सुविधा फोनपे नेटवर्कमा आबद्ध क्यूआरमा सहकारीमा मै पहिलो पल्ट पोखरामा रहेको बिशाल बचत तथा ॠण सहकारी संस्थाबाट सफल परीक्षण गरिएको थियो । यस नवीनतम प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोड मार्फत भुक्तानी गर्नासाथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्न गर्नेछन् । यस डिभाइसमा फोनपे नेटवर्कमा आबद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ ।

हाल देशभरका १२ सयभन्दा बढी सहकारी संघसंस्थाले यो सफ्टवेयर प्रयोग गर्दै आएका छन् । पुरानो फिन्याक्ट भर्जन चलाउने सबै सहकारी संस्थाहरुलाई यो भर्जन नि:शुल्क अप ग्रेड गरिने ब्यबस्था गरिएको छ ।

lcci
You might also like

Comments are closed.