घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । हिीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँ घटेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो । शुक्रबार चाँदी प्रतितोला १ हजार ५ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.