निप्स पोखरा च्याप्टरमा पौडेल

पोखरा । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निप्स), पोखरा च्याप्टरको अध्यक्षमा वद्रीनाथ पौडेल निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न ११ औं वार्षिक साधरण सभा एवं पाचौं अधिबेशनले पौडलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

निप्स पोखरा च्याटरको आगामी कार्याकालको लागि समितिको उपाध्यक्षमा सूर्य बहादुर के.सी , सचिवमा छविलाल पौडेल, कोषाध्यक्षमा शिव सुवेदी निर्वाचित भएका छन् । सदस्यमा मनोज भारती, उमाकान्त बराल, टंकप्रसाद दाहाल, गणेश धमाला, सुरेश रेग्मी, राम्जी प्रसाद बराल, बिश्व राज पौडेल चयन भएका छन् ।

बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुबीच एक आपसमा बिचार अनुभव आदन प्रदान गर्ने, स्वच्छ मनोरञ्जनात्मक कार्यक्रम गर्ने, सर्वसाधरण बीमा सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने, सामाजिक कार्य गर्ने संस्थाको उद्देश्य छ ।

jutta mela

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशव दाहालले पोखरा च्याप्टरले बीमाकर्मिबीच बीमाका क्षेत्रमा उल्लेखनीय भुमिका खेल्दै आएको बताए । संस्थासंग बीमा प्राधिकरण गण्डकी प्रदेशले समन्यवय भुमिका निर्वाह गर्दै आएको र आगामी दिनमा समेत बीमा क्षेत्रको विकास, प्रर्वधन ,कर्मचारीको क्षमता बृद्धि विकासमा सहकार्य गरि अगाडि बढ्ने बताए ।

निप्स पोखरा च्याप्टरका कार्यबाहक अध्यक्ष हरि प्रसाद श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु सुनयना पालिखे, केशवराज ढकाल, नेपाल सर्वेयर एसोसिएसनका केन्द्रीय उपाध्यक्ष ई. देउकाजि गरुङ, NISA गण्डकी प्रदेशका संयोजक सुरेन्द्र बहादुर गोदार, नेपाल माइक्रो इन्स्योरेन्सका मार्केटिङ हेड अमृत अधिकारीलगायले बोलेका थिए ।

नव निर्वाचित अध्यक्ष बद्रीनाथ पौडेलले निप्स पोखरा च्याप्टरले कर्मचारीको क्षमता अभिवृद्धिमा विभिन्न कार्यक्रम गरि अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । साधारण सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्वत पारित गरेको छ ।

निर्वाचन समितिका संयोजक निर्वाचन आयुक्त कविराज पौडेलले निर्वाचित कार्यसमितिलाई सपथ खुवाएका थिए । कार्यकममा पोखरा क्षेत्रमा रहेका जीवन तथा निर्जिवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरूको समेत सहभागिता थियो ।

You might also like

Comments are closed.