नेपाल क्लियरिङ हाउसकोे अध्यक्षमा रामु पौडेल चयन

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो २३० औंैं संञ्चालक समितिको बैठकबाट रामु पौडेललाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । मंगलबारको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । रामु पौडेलको केन्दी्रय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ ।

नेपाल क्लियरिङ हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेकाछन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

You might also like

Comments are closed.