गरिमाका ग्राहकलाई अल्फा केयरको सेवामा विशेष छुट

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको अल्फा केयर डायग्नोस्टिक सेन्टरको सेवामा गरिमा विकास बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् ।

छुट सम्बन्धी सम्झौता पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ । अल्फा केयरका वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुली र बैंकका पुतलीसडक शाखा प्रमुख सुजित नेपालले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै बैंकका ग्राहकले अल्फा केयरको सेवामा अब ३० प्रतिशतसम्म छुट पाउनेछन् । छुटबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास गरिएको छ ।

अल्फा केयर ‘ए’ ग्रेडको ल्याब हो । अल्फा केयरमा हरेक दिन साँझ ओपिडी सेवा पनि प्रदान हुँदै आइरहेको छ । स्वास्थ्य परीक्षणका लागि अल्फा केयरमा प्रतिष्ठित चिकित्सकहरुको आबद्धता रहेको पराजुलीले जानकारी दिइन् ।

ल्याबमा सम्पूर्ण प्रकारका रक्त परीक्षण सेवा उपलब्ध रहेको उनले बताइन् । ‘सामान्यदेखि जटिल प्रकारका सम्पूर्ण परीक्षण सेवा हामीले उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् ।

You might also like

Comments are closed.