पोखरा । इन्टरनेशनल एजुकेशन फाउण्डेशनको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साथै साधारण सभाले विभिन्न प्रस्तावहरू पारित गरेको छ ।
पोखरा १४ छिनेडाँडामा रहेको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा आयोजित समारोहमा वार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । साथै नयाँ कार्यक्रमहरु र देखिएका चुनौतीहरुका बारेमा छलफल गरिएको थियो ।
सन् १९९९ मा पोखराका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्व, प्रतिष्ठित व्यवसायी, विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वहरुलाई लिएर अग्रज शिक्षासेवी, व्यवसायी अशोक पालिखेको नेतृत्वमा कलेज स्थापना भएको थियो ।
समारोहमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पालिखेले भने, अहिले हामीले कलेजको रजत महोत्सव मनाईरहेका छौं । यो अवसरमा वर्षभरी नै विभिन्न कार्यक्रम र सेमिनार गरिरहेका छौं ।
त्यो समयमा होटल म्यानेजमेन्ट पढ्न विदेशमा जानु पर्ने र लाखौं खर्च गर्नुपर्ने वाध्यतालाई मध्येनजर गरेर यहीं सिकेर रोजगारीको अवसर पहिचान गर्नका लागि कलेज खोलेका थियौं । जहाँ अहिले हामीले बीएचएम, बीबीएर बीबीए बीआईका कक्षाहरु संचालन गर्न सफल भएका छौं । निकट भवियमा उनले कलेजमा एमबीए तथा होटल म्यानेजमेन्टमा मास्टरका कक्षा सुरू गर्नका लागि प्रयास भईरहेको सुनाए ।
बेला बेलामा विज्ञ, प्रतिष्ठित व्यक्तित्वलाई गेष्ट लेक्चरको रुपमा ल्याएर कुराहरु सुनाउने, चाईनिज भाषाको कक्षा संचालन गरिएको, इसिएमा सहभागि तथा पम भोलेन्टियरका लागि गन्तव्य बनेको बताए । कलेजमा फाइवस्टार स्तरको ल्याव संचालनमा रहेको जानकारी दिए । उनले मासिक खर्च २१ लाख तथा अन्य १९ लाख गरेर ४० लाख खर्च हुने बताए । देशमा आर्थिक मन्दि भईरहेको अवस्थामा ११४ जना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्न सक्षम भएको पालिखेले बताए ।
अगामी दिनमा ईएमबीएको कक्षा संचालन गरिने, अन्य देशका कलेजहरुमा अध्ययन भ्रमण गर्ने र सम्बन्ध बढाउने, भिजिटिङ लेक्चरमा जोड दिईने, विदेशमा इन्टर्नसिपको प्रयास गरिने बताए । साथै सेयरधनी सवैलाई चासो दिन आग्रह गरेका छन् ।
अध्यक्ष पालिखेले कलेजमा पूर्ण शुल्कमा ३७२ जनाले बीएचएम पढिरहेका र ३३ जनाले छात्रबृत्तिमा पढिरहेको बताए । यस्तै प्लस टु मा १०७ भर्ना भएका र उनीहरुमा ७ जना छात्रबृत्तिमा पढिरहेका छन् । २०८० मा बीएचएममा ७६ जना विद्यार्थी भनाई भएका र ९ जनाले छात्रबृत्ति पाएका छन् । बीबीएमा १४९ भर्ना भएका र २४ जनाले छात्रबृत्तिमा पढिरहेका छन् ।
बीबीए बीआईतर्फ ११२ भर्ना भएकोमा २० जनाले छात्रबृत्तिमा पढिरहेका छन् । प्लस टुमा १०२ जना भर्ना भएकोमा ३ जनाले छात्रबृत्तिमा अध्ययन गरिरहेका छन् । कलेजमा कुल ९१८ विद्यार्थीले अध्ययन गरिरहेकोमा उनीहरुमा ९६ जनाले छात्रबृत्तिमा पढिरहेका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए । कलेजका संचालक कर्म तमुले कलेजको सर्वाङिगण विकासका लागि सेयरधनीहरु दत्तचित्त भएर लाग्नुपर्ने बताईन् ।
Comments are closed.