भियतनामको वैदेशिक व्यापार सन् २०२३ मा ६८३ अर्ब अमेरिकी डलर

हनोई । भियतनामले सन् २०२३ मा ६८३ अर्ब अमेरिकी डलरको वैदेशिक व्यापारको रेकर्ड राखेको छ । यो परिमाण गत वर्षको तुलनामा ६.६ प्रतिशतले कम हो । यसै बीच २८ अर्ब अमेरिकी डलरको व्यापार बचत भएको पनि तथ्याङ्क कार्यालयले उल्लेख गरेको छ ।

विशेषगरी, निर्यात राजस्व ४.४ प्रतिशतले घटेर ३५५.५ अर्ब डलर रहेको छ भने आयात राजस्व वर्षको सोही अवधिमा ८.९ प्रतिशतले घटेर ३२७.५ अर्ब डलर पुगेको छ ।

भियतनामको औद्योगिक प्रशोधन समूहको निर्यात राजस्व सन् २०२३ मा ३१३.७३ अर्ब डलर पुगेको छ ।

jutta mela

सो अवधिका लागि चीन भियतनामको सबैभन्दा ठूलो आयात बजार बनेको छ जसको कारोबार १११.६ अर्ब डलर पुगेको अनुमान गरिएको छ । (रासस–सिन्ह्वा)

You might also like

Comments are closed.