८ दशमलव ७५ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ८ दशमलव ७५ अंकले घटेर २ हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न तीन सय ६ कम्पनीको एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता शेयर १ लाख २ हजार ९ सय ५ पटक खरिद बिक्री हुँदा रू ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०१, विकास बैंक शून्य दशमलव १०, लगानी र उत्पादन तथा प्रशोधन समूह समान एक दशमलव ०७ र व्यापार समूह शून्य दशमलव ४५ अंकले बढेको छ । जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा धेरै एक दशमलव ७२ प्रतिशतको गिरावट देखिएको छ ।

त्यस्तै वित्त शून्य दशमलव ८०, होटल तथा पर्यटन एक दशमलव ६७, जीवन बीमा एक दशमलव ५८, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ३१, निर्जीवन बीमा शून्य दशमलव ७५ र अन्य समूह शून्य दशमलव ३२ प्रतिशतले घटेको छ ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र चिर्खुवा हाइड्रोपावर लिमिटेडकोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २० करोड १३ लाख ७३ हजार छ सय ६२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने मोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको चार लाख ३७ हजार २७ कित्ता शेयर किनबेच भएको छ ।
रासस

You might also like

Comments are closed.