भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका थिए ।

भ्रमणका क्रममा विदेशमन्त्री डा जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए । रासस

You might also like

Comments are closed.