फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र मल्पी इन्टरनेशनल कलेजबीच शैक्षिक सिकाइ र उद्योग अनुभव बीचको अन्तरलाई कम गर्न, दीर्घकालीन रणनीतिक विकास गर्न सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भएको सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारी र कम्पनी सचिव अल्पना शर्मा तथा मल्पी इन्टरनेशनल कलेजको तर्फबाट प्रिन्सिपल दिपक अधिकारी र विद्यार्थी संलग्नता अधिकृत प्राप्ती वि.सी शर्माले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताले बीमा क्षेत्रमा भएको क्षमता अभावको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यस साझेदारी मार्फत फेडेरलले मल्पीका विद्यार्थीहरूलाई विशेषज्ञ प्रशिक्षण, इन्टर्नशिपका अवसरहरु तथा आवश्यकता अनुसार भविष्यमा रोजगारीको अवसरहरु प्रदान गर्न मदत गर्नेछ । साथै, यस सम्झौताले कर्मचारीहरूलाई सम्मेलन, कार्यशाला र कलेजद्वारा आयोजित अन्य कार्यक्रमहरूमा भाग लिएर नेटवर्किङ बढाउने अवसरहरू प्राप्त गर्न मद्दत गर्नेछ । दुवै संस्थाहरूले बीमा क्षेत्रसँग सम्बन्धित अनुसन्धान तथा अन्य गतिविधीका लागि आवश्यकता अनुसार सहकार्य गर्नेछ ।

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड २०२२ मा पब्लिक लिमिटेडको रुपमा स्थापित भई नेपालमा पुनर्बीमा दलाली सम्बन्धी सेवा तथा आवश्यक प्ररामर्श प्रदान गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र लिई कार्य प्रारम्भ गरी नेपालमै पहिलो र एकमात्र ISO 9001:2015 सर्टिफाइड पुनर्बीमा दलाल कम्पनी बन्न सफल भएको छ । यसका साथै, कम्पनीले4th Emerging Asia Insurance 2023 df “Broker of the Year 2023 (Nepal)” को उपाधी हासिल गर्न समेत सफल भएको छ भने अर्कोतर्फ, मल्पी इन्टरनेशनल कलेज १९९८ मा स्थापित भई छात्र–केन्द्रित शिक्षा प्रदान गर्न अग्रसर रहेको छ ।

jutta mela

 

You might also like

Comments are closed.