‘लायन्स डिष्ट्रिक्ट ३२५ जे’को दोस्रो कन्भेन्सन चैत ३ गते पोखरामा हुने

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे, नेपालको दोस्रो कन्भेन्सन (वार्षिक अधिवेशन) आगामी चैत ३ गते पोखरामा हुने भएको छ ।

शुक्रबार एक कार्यक्रमबीच लायन्सका अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आथित्यमा डिष्ट्रिक्ट गभर्नर हरिप्रसाद मरहठ्ठाले काठमाडौको स्वयम्भूस्थित बुद्ध पार्टी प्यालेन्समा एक कार्यक्रमबीच कन्भेन्सन कल गरेका हुन् ।

सामाजिक क्षेत्रमा सक्रिय उक्त डिष्ट्रिक्टले कन्भेन्सनमार्फत नयाँ आयामी लायन वर्षका लागि नेतृत्व चयन गर्नेछ । आगामी कन्भेन्सनबाट डिष्ट्रिक्ट गभर्नरमा मिलन थापा र फस्ट भाइस गभर्नरमा मिलनबाबु मल्ल निर्वाचित हुनेछन् ।

डिष्ट्रिक्ट अन्तर्गत रहेका १२ जिल्लाका एक हजार भन्दा बढी लायन्स सदस्यहरुको उपस्थितिमा कन्भेन्सन सम्पन्न हुने बताइएको छ । कन्भेनरको जिम्मेवारी डिष्ट्रिक्ट कन्भेनर चिफ पुजन शाक्यलाई प्रदान गरिएको छ । अधिवेशनमा नेतृत्व चयनसँगै वार्षिक प्राप्त उपलब्धीहरुको समिक्षा, पुरस्कारहरु वितरण लगायतका गतिविधि पनि हुनेछन् ।

कन्भेन्सन व्यवस्थित, सुविधा सम्पन्न र उत्कृष्ट तवरले सम्पन्न गर्न डिष्ट्रिक्ट गर्भनर हरि प्रसाद मरहट्ठाको नेतृत्वमा ३१३ सदस्यीय मूल आयोजक कमिटि गठन भएको छ । ३५ वटा विभिन्न शीर्षकका उपसमितिहरु तथा सल्लाहकार मण्डल समेत गठन भएको बताइएको छ । कार्यक्रम व्यवस्थापन गर्नको लागि पोखरा क्षेत्रको पुरानो क्लब लायन्स क्लब पोखरा गण्डकीले होस्ट क्लबको जिम्मेवारी प्राप्त गरेको छ ।

उक्त अवसरमा लायन्स्का अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्टका पूर्व गभर्नर ध्रुव थापा, योगेन्द्र प्रधान लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.