काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य १ सय रुपैयाँ घटेको हो
आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। रासस






Comments are closed.