स्थापना दिवसमा उपकार सहकारीद्वारा वृहत वडास्तरीय सरसफाई

पोखरा । पोखरा महानगर पालिका वडा नं– ६, बैदाम नारेश्वरमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवस वडास्तरी सरसफाई गरि मनाएको छ ।

सहकारीले शनिबार आफ्नो १५ औ स्थापना दिवशको अबसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत “हाम्रो पोखरा सफा बैदाम” भन्ने मूलनारालाई सार्थक बनाउन उक्त कार्यक्रमको आयोजना गरेको हो ।

पोखरा—६ बैदाममा रहेका १७ वटा आमा समुहहरुको सहभागितामा बैदाम क्षेत्रको १७ स्थान बाट एक साथ सुरु गरि सरसफाई अभियान थालिएको थियो । सफाई अभियानमा ८० बोरा नकुहिने प्लास्टिकजन्य फोहोर संकलन गरिएको संस्थाका सचिब सुन्दरराज पहारीले जानकारी दिए ।

jutta mela

सहकारीका सदस्यसहित आमा समुहहरु गरि करिब १ सय ५० जनाको सहभागितामा उक्त फोहरा संकलन गरिएको थियो । पोखरा महानगरपालिका फोहोर व्यवस्थापन समिति सँग समन्वय गरि उक्त फोहोर व्यवस्थापन गरिएको लेखा समितिका सदस्य हेडम्बराज अधिकारीले जानकारी दिए ।

सफाई अभियानको उद्घाटन गर्दै पोखरा– ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको सरसफाईमा सबै संघसंस्था लाग्न पर्नेमा जोड दिए । उनले “हाम्रो पोखरा सफा बैदाम” भन्ने नारालाई सफल बनाउन स्थानिय सघ सस्थाहरु सग हातेमालो गर्दै महानगर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

संस्थाका अध्यक्ष सुर्यनाथ पहारीले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आएको बताए । अध्यक्ष पहारीले सामाजिक कार्यलाई संस्थाले आगमी दिनमा पनि निरन्तरता दिने बताए ।

२०६५ सालमा स्थापना भएको सहकारीमा ९ करोड ४० लाख शेयर पुजि रहेको छ । ४२ करोड रुपैया भन्दा माथि लगानि रहेको सहकारीमा तरलता प्रतिशत २५५ रहेको छ भने, खुला सदस्य नीति अनुरुप हालसम्म ३ सय ७२ जना शेयर सदस्य आवद्ध छन् ।

 

 

You might also like

Comments are closed.