पोखरा । मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा चिन्तामणि बास्तोला निर्वाचित भएका छन् । शनिबार सम्पन्न १४औं साधारण सभा तथा ५ औं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
बरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा रामप्रसाद भुर्तेल, द्वितीय उपाध्यक्षमा प्रकाशराज पौडेल, महासचिवमा पदम श्रेष्ठ, सचिवमा राजन कुमाल, कोषाध्यक्षमा अनन्त प्रधानाङ्ग र सहकोषाध्यक्षमा झङ्कनाथ अधिकारी (नारन) निर्वाचित भए । सदस्यमा कृष्णलाल रन्जित, मनोज बाँस्तोला, राजन पौडेल, विश्व प्रधान र सुमन श्रेष्ठ छन् ।
उक्त अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष बास्तोलाले मुद्रण व्यवसायीहरुको हकहितमा आफ्नो कार्यसमितिले काम गर्ने प्रतिबद्धता जनाए ।
प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले उद्योग विना देशको विकास नहुने हुँदा उद्योग व्यवसायीहरुलाई सुरक्षित गर्नु राज्यको पहिलो कर्तव्य भएपनि सम्बन्धित निकायको चासो कमजोर रहेको बताए ।
नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका पूर्व अध्यक्ष माधव केसीले आफ्नो नेतृत्वमा सरकारसँग केही उपलब्धिमुलक काम गरेपनि पछिल्लो समय निरन्तरता पाउन नसकेको गुनासो पोखे ।

कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष अरुण सापकोटा, लक्की गु्रपका अध्यक्ष दिनेश अर्याल, मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश अध्यक्ष बसन्त बास्तोला, कोषाध्यक्ष कोपिला श्रेष्ठ, मुद्रण उद्योग संघ कास्कीका सल्लाहकार कृष्णराज ढुंगाना र उद्योग वाणिज्य संघ कास्कीका सदस्य बालकृष्ण कोइरालालगायतले बोलेका थिए ।
१४ औं साधारण सभाको उद्घाटन कार्यक्रम महासचिव रामप्रसाद भुर्तेलले सञ्चालन र द्वितीय उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले स्वागत गरेका थिए ।
अधिवेशनको निर्वाचान संयोजकमा महेन्द्र बजिमय र सदस्यहरुमा बसन्त बास्तोला र घनश्याम गौतम थिए ।






Comments are closed.