प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं

 

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन् ।

jutta mela

प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पदबाट राजीनामा दिएपछि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाईंलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो । सञ्चालक समितिको बुधबारको बैठकले प्रसाईंलाई सो जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

साबिक प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर भएर प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स अस्तित्वमा आउनु अघि प्रसाईं प्रभू लाइफको प्रमुख कार्यकारी अधिकृत थिए ।

 

You might also like

Comments are closed.